सर्लाहीको श्रीनगर माविबाट चोरी भएको कम्प्यूटर बरामद, चोरीको आरोपमा दुई विद्यार्थी पक्राउ

2929


जिल्लाको उत्तर पूर्वी भेगस्थित ईश्वरपुर नगरपालिका वडा नम्वर १४, श्रीनगरमा रहेको जनता माध्यमिक विद्यालयको कम्प्यूटर त्यही विद्यालयका विद्यार्थीले चोरी गरेका खुल्न आएको छ ।


यही माघ १९ गते रातको समयमा विद्यालयको दोस्रो तल्लास्थित कम्प्यूटर कोठाबाट १० थान कम्प्यूटर चोरी भएको थियो । चोरीमा सोही विद्यालयमा पढ्ने १५÷१५ वर्षका दुई बालक संलग्न रहेको र उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विरेन्द्र राज गुरुङले जानकारी दिए । उनले कम्प्यूटर चोरीमा अन्य केही व्यक्ति पनि संलग्न रहेका र उनीहरुको समेत खोजी भइरहेको बताए ।


विद्यालयबाट चोरी भएका कम्प्यूटर र अन्य सामग्री विभिन्न स्थानमा खाल्डो खनेर गाडिएको, झ्याडीमा लगेर फालिएको र उखुको पत्करले छोपेर राखेको अवस्थामा प्रहरीले बरामद गरी बिहिवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।