सार्वजनिक सौचालयबारे अन्तरक्रिया

130
कार्यक्रममा सहभागि प्रदेश सांसद् उप्रेती, वडाध्यक्ष पोखरेल लगायत । (तस्बिर : उज्यालो अभियान)

विष्णुपुर – हरिवन नगरपालिका–९ विष्णुपुरमा आईतबार सार्बजनिक सौचालय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विष्णुपुर स्थित विशेश्वर धर्मशालामा सौचालय निर्माणका लागि अन्तरक्रिया गरिएको हो । विष्णुपुर टोल सुधार समितीका अध्यक्ष विष्णु महतको अध्यक्षता एवं प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हरिवन नगरपालिका वडा नं.९ का वडा अध्यक्ष सिताराम पोखरेल लगायत टोल सुधार समितीका पदाधिकारी सहित स्थानियको बाक्लो उपस्थिती रहेको थियो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद् उप्रेतीले सौचालय निर्माणको लागि पाँच लाख रुपैंया बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको टोल सुधार समितीका सचिव माधव थापाले जानकारी दिए । विशेश्वर धर्मशालामा सौचालय नहुँदा निकै समस्या भएको स्थानीयले गुनासो गर्दै आएका छन् ।