वडा कार्यालयको भवन शिलान्यास

337
वडा कार्यालय भवन निर्माण स्थलमा मेयर प्रसाईं, उपमेयर पौडेल लगायत अतिथि सहित उपस्थित स्थानीय । (तस्बिर : उज्यालो अभियान)

घुर्कौली – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ ।

भवनको आइतवार हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले शिलान्यास गरे । ५० लाख रुपैयाँ लागतमा अढाई तले भवन निर्माण गर्ने इष्टमेट बनाइएको वडाध्यक्ष नागेन्द्र कुमार साहले जानकारी दिए । भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रेणुका पौडेल, नेकपा नेता सुरेन्द्र लामा, चूडामणि वाग्ले, अनेरास्ववियूकी नेतृ आरती लामा, ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराई लगायतको उपस्थिति थियो ।