बारालाई पराजीत गर्दै फूलजोर फाइनलमा

124

बयलवास – सर्लाहीको बयलवासमा आयोजित प्रदेश २ स्तरीय फुटबल प्रतियोगितामा आयोजक फुलजोर युवा क्लब फाइनलमा प्रवेश गरेको छ ।

शनिवार सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा बारालाई ३–० गोलले पराजित गरी आयोजकको ‘ए’ टिम अन्तिम चारमा प्रवेश गरेको हो । फुलजोरको जितमा सनम मगर, सनिल लामा र सागर गिरीले एक–एक गोल गरे । फुलजोरले अब उपाधिका लागि आइतवार सशस्त्र प्रहरीको बर्दिवासस्थित बाहिनी र पर्साबीच हुने दोस्रो सेमीफाइनल खेलको बिजेतासँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । नारायण माध्यमिक विद्यालय बयलवासको मैदानमा जारी प्रतियोगिताको बिजेताले एक लाख र उपबिजेताले ५० हजार रुपियाँ प्राप्त गर्ने आयोजक फुलजोर युवा क्लबले जनाएको छ ।
यता लालबन्दी नगरपालिका–२, पुर्नवासमा आयोजित टी–ट्वान्टी क्रिकेटमा शनिवार डुमरियालाई मलंगवाले १९८ रनले पराजित गरेको छ ।