अनेरास्ववियू सर्लाहीको विस्तारित भेला सम्पन्न

322
भेलामा उपस्थित अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवनमा शनिवार नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को विस्तारित जिल्ला भेला सम्पन्न भएको छ ।

अनेरास्ववियूका जिल्ला संयोजक विवेक मैनालीको अध्यक्षता एवं नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलामा आसन्न स्ववियू निर्वाचन, संगठन निर्माण र समायोजन प्रक्रियामा सम्वन्धमा छलफल भएको नेताहरुले जनाएका छन् । अनेरास्ववियूका जिल्ला सह–संयोजक समिम बाबु खानको सञ्चालनमा सम्पन्न भेलामा अनेरास्ववियूकी केन्द्रीय सदस्य आरती लामा, नेताहरु राजकुमार यादव, केशव ढुंगाना, चुडामणि वाग्ले, अर्जुन पन्त, अनेरास्ववियूका नेताहरु उत्तम परियार, सरोजबाबु न्यौपाने, शिवराज धमला, अन्जना शिवाकोटी लगायतको उपस्थिति थियो ।