१० वर्षीय बालक सलमा झुण्डिएको अवस्थामा फेला

284

हरिवन – सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत गणेश चोक निवासी एक १० वर्षीय बालक सलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

हरिवन नगरपालिका–४, गणेश चोक निवासी अब्दुल शेषका छोरा १० वर्षीय रियाज शेष घाँटीमा सलको पासो लागेर आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । १० वर्षीय बालक शेषले आत्महत्या गरेका हुन् की खेल्ने क्रममा घाँटीमा सल बेरिएको हो भन्ने बारेमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराईले जानकारी दिए । शेष आज (शनिबार) बिहान घरको बलोमा बाँधिएको सलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । मृत बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय स–साना बालबालिकाहरु समेत आत्महत्या गर्ने प्रचलन बढ्दै गएको देखिन्छ । अभिभावकले गाली गरेको, मोबाईल चलाउन नपाएको वा टेलिसिरियल हेर्न नपाएको झोकमा बालबालिकाले आत्महत्या गर्ने दर बढ्दै गएको जानकारहरु बताउँछन् ।