सशस्त्र प्रहरीले आयोजकलाई हरायो

168

ईश्वरपुर –सर्लाहीको बयलवासमा जारी प्रदेश २ स्तरीय फुटबल प्रतियोगितामा शुक्रवार आयोजकमाथि सशस्त्र प्रहरी बिजयी भएको छ ।

आयोजक फूल्जोर युवा क्लबको बी टिमलाई सशस्त्र प्रहरीको बर्दिवासस्थित बाहिनीले शुन्यका विरुद्ध चार गोल गरी पराजित गरेको हो । ईश्वरपुर नगरपालिका–६, स्थित नारायण माध्यमिक विद्यालय बयलवासको प्राङगणमा आयोजित प्रतियोगितामा आज (शनिवार) बाट सेमीफाइनल चरणका खेल सुरु हुँदैछ ।

पहिलो सेमीफाइनल खेलमा शनिवार बारा र फूल्जोर युवा क्लबको ए टिमले प्रतिस्पर्धा गर्ने आयोजकका सुरेन्द्र केसीले जानकारी दिए । माघ २१ गते फाइनल खेल हुने प्रतियोगिताको बिजेताले एक लाख एक रुपैयाँ र उपबिजेताले ५० हजार एक रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।