हरिवनका इन्सपेक्टर भट्टराईको काज सरुवा

667


सर्लाहीको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुवास भट्टराईको काज सरुवा भएको छ ।

६ महिना अघि हरिवन प्रहरीको प्रमुख भई आएका भट्टराईको १ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण दुहबी, सुनसरी सरुवा भएको हो । भट्टराईको स्थानमा प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालमा कार्यरत प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायलाई हरिवन पठाइएको छ । भट्टराई र उपाध्याय एउटै ब्याजी हुन् ।

विराटनगर निवासी प्रहरी निरीक्षक भट्टराईले सुनसरी सरुवा भएपछि घर पायक परेको उज्यालो अभियानलाई प्रतिक्रिया दिएका छन् । प्रहरी प्रधान कार्यालयले अर्को निर्देशन नहुञ्जेल सम्मका लागि ६ जना प्रहरी निरीक्षकलाई एकैसाथ विभिन्न स्थानमा काज सरुवा गरेको हो ।