मनोकामना विद्यालयको भवन शिलान्यास

307
विद्यालय भवनको शिलान्यास समारोहमा उपस्थित मेयर गणेश प्रसाद प्रसाईं, उपमेयर रेणुका पौडेल लगायत अन्य अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन (भोक्टेनी) – सर्लाहीको हरिवनमा मनोकामना आवासिय विद्यालयको भवन शिलान्यास भएको छ ।

बिहिवार हरिवन नगरपालिका–१ भोक्टेनीमा बिद्यालयको ८ कोठे भवनको शिलान्यास गरिएको हो । मनोकामना बहुउदेश्यीय सहकारी संस्था हरिवनले सञ्चालन गर्ने विद्यालय भवनको एक समारोहबीच हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले शिलान्यास गरेका हुन् ।

बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर बिद्यालय भवनको शिलान्यास गरिएको संचालक संस्थाका उपाध्यक्ष तथा ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण ओम पोतेले जानकारी दिए । निकट भविश्यमा नै कक्षा ४ सम्म संचालन गर्ने गरी बिद्यालय भवन निर्माण सुरु गरीएको संचालक समितिका अध्यक्ष शभुलाल श्रेष्ठको भनाई छ ।

हरिवन नगरपालिकाका मेयर प्रसाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल विशिष्ठ अतिथि रहेकी थिईन् । कार्यक्रममा समाजसेवी चुडामणी वाग्ले, हरिवन नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राम बहादुर क्याप्छाकी, २ नम्बर वडाका वडाध्यक्ष अर्जुन महतो कुशवाहा, १० नम्बर वडाध्यक्ष शम्भु मैनाली, नविल बैंक हरिवनका शाखा प्रमुख मंगल नारायण श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक हरिवनका शाखा प्रमुख कृष्ण सापकोटा लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अधिकांश वक्ताहरुले सहकारीले शिक्षा क्षेत्रमा पनि क्रान्ती गर्नु पर्ने बताए । शिक्षा जस्तो समाज सेवाको क्षेत्रलाई अँगालेर स्थानीय स्तरमै प्रविधि मैत्री शिक्षाको प्रयास गरेको भनेर प्रसंसा समेत गरेका थिए । बिद्यालय भवनको निर्माण लागत एक करोड ३० लाख अनुमान गरिएको संस्थाले जनाएको छ ।