चज क्याम्पसको सभा सम्पन्न

369
सभामा उपस्थित अतिथिहरु एवं स्वागत मन्तव्य राख्दै उपाध्यक्ष बसन्तराज भट्टराई । (तस्बिर : उज्यालो अभियान)

सुखेपोखरी – सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत सुखेपोखरीस्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसको आज नियमित क्याम्पस सभा सम्पन्न भएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष बासुदेव निरौलाको अध्यक्षता एवं सर्लाही क्षेत्र नं. ३ (क) प्रदेश सभा सदस्य डिल्लीप्रसाद उपे्रतीको प्रमुख आतिथ्यतामा क्याम्पसकै सभाहलमा नियमित सभा सम्पन्न भएको हो । हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाई, उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली, नेपाली कांग्रेसका महासमिति सदस्य खड्गबहादुर कार्की लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।

क्याम्पस प्रमुख हरिलाल मैनालीको सञ्चालन रहेको कार्यक्रममा नेपाली कांग्रेसका सभापति रामशरण उप्रेती, नेकपा हरिवनका संयोजक विदुर कुमार प्याकुरेल, राप्रपाका दिपेन्द्र मैनाली, समाजवादी पार्टीका सन्तोष भूजेल, समाजसेवी सुरेन्द्र लामा, शिक्षासेवीहरु यमिनिकुमार दिप, केदार पौडेल, कृष्णप्रसाद भट्टराई, हरिवन नगरपालिका वडा नं. १० का वडाध्यक्ष शम्भु मैनाली, चतुर्भूजेश्वर जनता क्याम्पस पूर्व विद्यार्थी समाजका अध्यक्ष रमेश चौलागाईं, स्ववियु सभापति प्रज्वल ढुंगाना लगायतकाे आतिथ्यता रहेको थियो ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बसन्तराज भट्टराईले स्वागत मन्तव्य राखेको सभाको बन्दशत्रले विद्यान संशोधन सहित बजेट, नीति तथा कार्यक्रम र लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ ।