सर्लाहीको सागरनाथ चोकमा बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, अर्का एक युवक गम्भीर घाईते

428

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, सागरनाथ चोकमा बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाईते भएका छन् ।
वुधवार साँझ ७ बजेरित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३३ प १५४५ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना २ च ७२४१ नम्वरको बोलेरो गाडीले ठक्कर दिँदा लालबन्दी नगरपालिका–५, का २२ वर्षीय आशिष वैधको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै खुट्टामा गहिरो चोट लागी घाईते वैधको उपचारका क्रममा वुधवार राती सबा १ बजे धुलिखेल अस्पताल काभे्रमा मृत्यु भएको हो ।
सोही दुर्घटनामा गम्भीर घाईते मोटरसाइकलमै सवार लालबन्दी नगरपालिका–१३, का २३ वर्षीय विजय घिसिङको उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बोलेरो र त्यसका चालक महोत्तरीको बर्दिवास नगरपालिका–२, का २६ वर्षीय आशिष परियार प्रहरीको नियन्त्रणमा छन् ।