लालबन्दीमा कांग्रेस नेता सिटौलाले सम्बोधन गर्दै

176

लालबन्दी – प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल नगर समितिले आज (विहिबार) सर्लाहीको लालबन्दीमा केन्द्रिय नेताहरुको उपस्थितिमा शहीद दिवस मनाउँदै छ ।

कार्यक्रमलाई पार्टीका प्रभावशाली नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रमुख अतिथिका रुपमा सम्वोधन गर्ने तरुण दल लालबन्दी नगर समितिका सभापति सुदेश ढुंगानाले जानकारी दिए । लालबन्दी नगरपालिका–९, बस्तीपुर स्थित पार्टी प्यालेसमा हुने कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य डिना उपाध्याय, तरुल दलका केन्द्रीय सभापति जितजङ शाही लगायतले पनि सम्वोधन गर्ने कांग्रेस लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्यले जानकारी दिए ।

त्यस्तै कांग्रेस नेता सिटौला सहितको उपस्थितीमा शहिद दिवस समेत पर्ने भएकाले शहिद ईगल जर्गा मगरको शालिकमा अनावरण एवं उनका परिवारलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको कांग्रेसका युवा नेता नारायण गुर्मछानले बताए ।