रानिगंजमा विपन्नलाई कम्बल वितरण

218
कम्बल वितरण गर्दै वडाध्यक्ष अधिकारी एवं लायन्सका पदाधिकारी ।

रानिगंज – सर्लाहीको रानीगंजमा मंगलबार अति विपन्न २१ परिवारलाई एक–एक थान न्यानो कम्बल वितरण गरिएको छ ।

लायन्स क्लब अफ लालबन्दी सिटीले लालबन्दी नगरपालिका–१७, रानीगंजका आयआर्जन न्यून रहेका परिवारलाई कम्बल उपलब्ध गराएको हो । आज दिउँसो वडाध्यक्ष नवराज अधिकारीको रोहबरमा रानीगंजस्थित वडा कार्यालयकै परिसरमा विपन्न परिवारलाई जम्मा पारी कम्बल वितरण गरिएको क्बलका उपाध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए । लायन्स क्लबले यस क्षेत्रमा विभिन्न किसिमका सामाजिक काम गर्दै आएको छ ।