जापानिज नागरिकद्वारा विद्यार्थीलाई सहयोग

200
प्राप्त न्यानो कपडा लगाएपछि छात्रासँग सामुहिक तस्बिर खिचाईँदै । (तस्बिर सौजन्य : बेची लुंगेलीको फेसबुक पेज)

नारायणखोला – सर्लाहीकै ‘कर्णाली’ मानिने विकट चुरे क्षेत्र स्थित नारायणखोलाका विद्यार्थीलाई जापानका एक नागरिकले शैक्षिक एवं खेलकुद सामग्री सहयोग गरेका छन् ।

प्रदेश सांसद् बेची लुंगेलीको प्रमुख आतिथ्यतामा लालवन्दी नगरपालिका–१४ अन्तर्गत नारायणखोलाको मटरदोभान स्थित जनता आधारभूत विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई उक्त सामग्री प्रदान गरिएको हो । सामग्री सहयोग गर्ने जापानिज तेराकादो स्वयं विद्यालयमा पुगेका थिए । उनले स्टेशनरी, खेलकुद र संगित सामग्री सहयोग गरेको सांसद् लुंगेलीले जानकारी दिईन् । लुंगेलीका अनुसार ती सामग्रीहरु छात्र र छात्रा दुवैलाई प्रदान गरिएपनि छात्रालाई मात्र न्यानो कपडा समेत वितरण गरिएको छ ।

मंगलबार भएको सहयोग सामग्री प्रदान कार्यक्रममा समाजसेवी सुरेन्द्र लामा, राज तामाङ एवं साविक नारायणखोला गाविसका पूर्व अध्यक्ष पदम लो लगायतको उपस्थिती रहेको थियो ।