गम्हरियामा विद्यालय व्यवस्थापन समिति गठन

277
पूर्व प्रधानध्यापकलाई माला र खादा पहिर्याएर बिदाई गर्दै नवनिर्वाचित अध्यक्ष कौशलकिशोर राय । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीको मलंगवा नगरपालिका–११, गम्हरीयामा रहेको देवनारायण आधारभूत विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन भएको छ ।

आइतवार भएको अभिभावक भेलाले सर्वसम्मत रुपमा कौशलकिशोर राय अध्यक्ष रहने गरी ४ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा पुकार दास, नगिना खातुन र ऐतबिरया देवी छन् । बाँकी तीन जना सदस्य भने केही दिनपछि शिक्षक प्रतिनिधि, वडाका प्रतिनिधि र एक जना शिक्षापे्रमी छनौट गरी थप गरिने छ । अभिभावक भेलामा मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, उपप्रमुख शान्ति शबनम मिकरानी, प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको पनि उपस्थिति थियो । सोही कार्यक्रममा विद्यार्थीलाई छात्रावित्त वितरण गर्दै पूर्व प्रधानाध्यापक द्वोय मधुसुधन झा र खैहरु रायलाई बिदाई गरिएको विद्यालयले जनाएको छ ।