जुटपानी – एक साताअघि सर्लाहीको जुटपानीमा आगोले जलेर गम्भीर घाईते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।
आगो ताप्ने क्रममा जलेर घाईते लालबन्दी नगरपालिका–२, जुटपानीकी ६० वर्षीया जैतुन खातुनको उपचारका क्रममा जिल्ला अस्पताल मलंगवामा मृत्यु भएको हो । खातुन माघ ६ गते घर अगाडि आगो ताप्ने क्रममा जलेर गम्भीर घाईते भएकी थिईन् ।
सर्लाहीमा यस वर्ष चिसोबाट जोगिन आगो बालेर ताप्ने क्रममा केही महिलाको जलेर मृत्यु भइसकेको छ । आगो ताप्ने क्रममा सावधानी नपनाउँदा दुर्घटना बढेको भन्दै स्थानीय प्रहरी प्रशासनले सर्वसाधारणहरुमा सचेत रहन आग्रह गरेको छ ।