सोनाम ल्होछारका अवसरमा आज लालबन्दी र बागमती नगरपालिकामा बिदा

167


तामाङ समुदायको महान पर्व २८५६ औँ सोनाम ल्होछार पर्वका अवसरमा आज (आइतवार) सर्लाहीको लालबन्दी र बागमती नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ ।

दुवै नगरपालिकाले सूचना निकालेर पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै आज एक दिनका लागि सार्वजनिक बिदा दिएका हुन् । यसै पर्वका अवसरमा अस्ती सुक्रवार जिल्लाको हरिवन नगरपालिकाले पनि बिदा दिएको थियो ।

तामाङ समुदायले नयाँ वर्ष अर्थात सोनाम ल्होछार हिजो हर्षोउल्लासका साथ मनाएका थिए ।