नयाँरोड–बरहथवा सडक खण्ड अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–२, मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
सदरमुकाम मलङ्गवाबाट बरहथवाका लागि छुटेको ग १ ख ८१४० नम्वरको बसले ठक्कर दिँदा ५२ वर्षका छेवाङ दोर्जे थिङको घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीय वासिन्दाका अनुसार मानसिक सन्तुलन ठीक नरहेका थिङ सडकमा गाडी देख्नासाथ दौडीएर जाने गरेका थिए ।