वाणिज्य बैंक लालबन्दीद्वारा क्याम्पसलाई सहयोग

298

कृष्ण प्रसाद थपलिया/लालबन्दी – राष्ट्रिय वाणिज्य बैंक लालबन्दी शाखाले शुक्रवार जनज्योति बहुमुखी क्याम्पस लालबन्दीलाई चार थान दराज उपलब्ध गराएको छ ।

बैैंकको ५५ औँ वार्षिकोत्सवका अवसरमा क्याम्पसको पुस्तकालयमा पुस्तक राख्न मिल्ने चार थान दराज सहयोग गरिएको हो । बैंकका शाखा प्रवन्धक रोमप्रसाद सिलवालले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद न्यौपानेलेलाई दराज हस्तान्तरण गरेका हुन् । सोही अवसरमा क्याम्पसका दुई सय भन्दा बढी विद्यार्थीलाई बैैंकिङ कारोवार गर्न पे्ररित गर्दै बैंकमा बचत गर्दा हुने फाइदाका विषयमा जानकारी गराइएको छ । शाखा प्रवन्धक सिलवालले विद्यार्थीलाई बैंकिङ कारोवारका सम्वन्धमा जानकारी प्रदान गरेका हुन् ।