बुवाआमाको स्मृतिमा जेहेन्दार विद्यार्थीलाई सम्मान

183

बागमती – नैन–नेत्र स्मृति प्रतिष्ठानले शुक्रवार सर्लाहीको बागमतीमा सात जना जेहेन्दार विद्यार्थीलाई सम्मान गरेको छ ।

छोरा बेनीबहादुर कार्कीले दिवंगत बुवा नेत्रबहादुर कार्की र आमा नैनमाया कार्कीको स्मृतिमा स्थापना गरेका सो प्रतिष्ठानले सुक्रवार बागमती नगरपालिका–११, कर्मैयामा एमबीए, एमबीएस र एमए अध्ययन गरिरहेका सात जना जेहेन्दार विद्यार्थीलाई सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा रवीन्द्र कार्की, दिनेश कार्की, सुवास पाण्डे, रोजित कार्की, किरण महत, कमला महत र मनिषा चौधरी थारु छन् । उनीहरुलाई प्रति व्यक्ति दुई हजार पाँच सय रुपैयाँ नगद र सम्मान पत्रबाट सम्मान गरिएको हो । बुवा आमाले सन्ततिको अध्ययन अध्यापनमा सँधै जोड दिने गरेका कारण दिवंगत उहाँहरुको इच्छा आकाक्षा अनुसार जेहेन्दार विद्यार्थीलाई सम्मान गरिएको वरिष्ठ अधिवक्ता एवं समेत रहेका बेनीबहादुर कार्कीले बताए ।