नेकपा सर्लाहीद्वारा राष्ट्रिय सभा सदस्य सम्मानित

429
नेकपा सर्लाहीले नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई सम्मान गर्न आयोजित कार्यक्रम । (तस्बिर : अच्यूत कुमार सापकोटा/उज्यालो अभियान)

हरिवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई शुक्रवार सम्मान गरेको छ ।

पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित सर्लाही नै निवासी राधेश्याम पासवान र सर्लाही कर्मैया माईती भएकी तुलसा दाहाललाई सम्मान गरेको हो । हरिवन नगरपालिका कार्यालयको परिसरमा आयोजित सम्मान कार्यक्रममा नेकपा–राजपा गठवन्धनका राजपाको तर्फबाट निर्वाचित अरु दुई जना सदस्यलाई समेत आमन्त्रण गरिए पनि उनीहरु सप्तरीको कार्यक्रममा व्यस्त भएकाले सर्लाहीको कार्यक्रममा उपस्थित हुन नसकेको बुझिएको छ ।

नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तको अध्यक्षता एवं पार्टीको प्रदेश २ का सह–इन्चार्ज विश्वनाथ साहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय तथा प्रदेश कमिटीका सदस्य, अन्य नेता कार्यकर्ता र राष्ट्रिय जनता पार्टीका नेताको समेत उपस्थिति थियो ।