कविलासी नगरपालिकाको कामकाज तीन सातादेखि ठप्प, नागरिक मारमा

402
k|d'v k|zf;lso clws[t sfof{nodf gcfPkl5 ;'g;fg ag]sf] ;nf{xLsf] sljnf;L gu/kflnsfsf] sfof{no . tl:j/ M cf]dk|sfz 7fs'/÷sflGtk'/


प्रमुख प्रशासकीय अधिकृत नहुँदा सर्लाहीको कविलासी नगरपालिकाको कामकाज तीन सातादेखि ठप्प भएको छ ।


कविलासी नै घर भएका प्रदेश सभा सदस्य सञ्जय रायका कारण काम गर्नै गाह्रो भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतो अन्यत्र सरुवा गराएर गएपछि नगरपालिकाको कामकाज यत्तिका दिनसम्म ठप्प भएको हो । प्रमुख प्रशासकीय अधिकृत महतोले प्रदेश सभा सदस्य रायले आफू अनूकुल काम नगरे आक्रमण गर्ने सम्मको धम्की दिएको आरोप लगाएका छन् । अधिकृत महतो दोलखा जिल्लामा सरुवा गराएर गएपछि गत पुस १६ गतेदेखि नगरपालिकाको काम ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् ।


सरुवा भएर जानु अघि प्रमुख प्रशासकीय अधिकृत महतोले जिल्ला प्रशासन कार्यालय मलंगवामा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए । कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर रायले प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको नियमित कामकाज र विकास निर्माण ठप्प भएको उज्यालो अभियानसँग बताए । प्रदेश सभा सदस्य सञ्जय रायको आतंकले नगरपालिकामा जो प्रमुख प्रशासकीय अधिकृत आएपनि टिकाउनै गाह्रो परेको नगरप्रमुख रायको भनाई छ । उनले आज (सुक्रवार) पत्रकार सम्मेलन गरी यस सम्वन्धमा आफ्नो धारणा सार्वजनिक गर्दैछन् ।


प्रदेश सभा सदस्य रायले भने प्रमुख प्रशासकीय अधिकृत महतोलाई आफूले अनियमितता नगरी कानुन सम्वत किसिमले काम गर्न सचेत मात्रै गराएको दावी गर्दै आएका छन् । उनले केही दिनअघि उज्यालो अभियानसँग कुरा गर्दै नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारमा लागेको र आफूले त्यसलाई रोक्न खोजेको बताएका थिए । प्रदेश सभा सदस्य रायको पार्टी समाजवादी पार्टी सर्लाहीले केही दिनअघि पे्रस विज्ञप्ती प्रकासित गरी प्रदेश सभा सदस्य राय र प्रमुख प्रशासकीय अधिकृत महतोबीच भएको सामान्य विषयको कुरालाई अतिरञ्जित गरिएको दावी गरेको थियो ।


पछिल्लो समय कविलासी नगरपालिकामा राजनीतिक किचलो बढ्दा नागरिक चेपुवामा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा अहिले कविलासी नगरपालिका कार्यालय सुनासन जस्तै छ । कविलासीमा प्रदेश सभा सदस्य सञ्जय राय र उपप्रमुख राधा देवी एक पक्षमा छन् भने नगरप्रमुख कौशलकिशोर राय अर्को पक्षमा छन् । जनप्रतिनिधिबीच विवाद हुँदा विकास निर्माण लगायत अन्य काममा असर पार्दै आएको स्थानीय वासिन्दा बताउँछन् ।