दाईजो प्रथालाई चूनौति दिँदै न्यौपाने र देवकोटाले गरे जनवादी विवाह

557
जनवादी विवाह गरेका न्यौपाने र देवकोटाको जोडी । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – दाईजो प्रथालाई चूनौति दिँदै सर्लाहीको लालबन्दीमा सोमवार सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध विद्यार्थी संगठनमा आवद्ध एक जोडीले जनवादी विवाह गरेका छन् ।

अनेरास्ववियू केन्द्रिय निर्वाचन आयोगका सदस्य सरोजबाबु न्यौपाने र अनेरास्ववियूकी नेतृ दीपा देवकोटाले जनवादी विवाह गरेका हुन् । समाजमा जरा गाडेर रहेको दाइजो प्रथा जस्तो कु–प्रथाको अन्त्य गर्ने अभियानमा सहयोग मिलोस् भनेर दाइजो लिने÷दिने नगरी विवाह गरेको बरबधुले बताएका छन् । जनवादी विवाह समारोहका प्रमुख अतिथि नेकपा प्रदेश २ कमिटीका सह–संयोजक नागेन्द्र चौधरीले जनवादी विवाहले समाजमा राम्रो सन्देश दिएको बताए ।

लालबन्दी पार्टी प्यालेसमा आयोजित जनवादी विवाहमा वर बधुका मातापिता सहित परिवारका सदस्य विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र अन्य व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अनेरास्ववियु सर्लाहीको आयोजना रहेको वैवाहिक कार्यक्रमको सञ्चालन सहसंयोजक समिम खान र नेता प्रज्वल ढुंगानाले संयुक्त रुपमा गरेका थिए ।