मोटरसाईकलको ठक्करबाट महिला र बालक घाईते

332

लालबन्दी – शनिबार सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालक सहित दुईजना घाईते भएका छन् ।

हरिपुर्वा नगरपालिका–९ बसतपुर स्थित भित्रि सडकखण्डमा संग्रामपुरबाट श्रीनगर तर्फ आउदै गरेको ना ३० प ०२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानीय श्याम यादबको छोरा ४ वर्षीय जसमिन यादब गम्भिर घाईते भएका छन् । घर अगाडि बाटो काट्ने क्रममा जसमिनलाई ठक्कर लागेको र उनको ढाड, बाँया घुडामा चोट लागेको प्रहरीले जनाएको छ । बालकलाई उपचारका लागी जनकपुर तर्फ पठाईएको छ भने मोटरसाईकल चालक चन्द्रनगर गाउँपालिका–४ पोखरिया निवासी ४० वर्षीय बिरेन्द्र ठाकुरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनायो । चालक ठाकुरको सवारी चालक अनुमति पत्र समेत नभएको प्रहरीले जनाएको छ ।

त्यस्तै शनिबार साँझ ईश्वरपुर नगरपालिका–११ करमुहान स्थित भित्रि सडक खण्डमा बबरगंजबाट बयलबासतर्फ आउदै गरेको भारतीय BR 30 AA 8763 नम्बरको मोटरसाईकलले साईकलयात्री सुखसागर देवी चौधरी लाई ठक्कर दिएको छ । बिपरीत दिशाबाट आउदै गरेको साइकललाई ठक्कर दिँदा स्थानीय रत्न चौधरी को श्रीमति अ.बर्ष ३० की सुखसागर देवीको ढाड, कम्मर, हात, खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको नमूना अस्पताल हरिवनमा उपचार भईरहेको छ । मोटरसाईकल नियन्त्रणमा लिईएपनि चालक भने फरार भएको प्रहरीले जनायो ।