मुसहर समुदायले उम्लिएको दुधले नुहाए

946
गतवर्ष भुँईया पूजाकै अवसरमा लक्ष्मिपुर कोद्राहामा उम्लिएको दुधले नुहाउँदै गरेका एक मुसहर पुरुष । (तस्बिर सौजन्य : पाँचु माझी मुसहर)

ईश्वरपुर – सर्लाहीसहित तराईका विभिन्न जिल्ला र भारतबाट समेत आएका मुसहर समुदायले शुक्रवार ईश्वरपुर नगरपालिका–१५, सोकनाह बोहर्वामा भुइँया पूजा गरेका छन् ।

आफूलाई भूमी पुत्र दावी गर्ने मुसहर समुदायले उम्लिँदै गरेको तातो दुधले नुहाई भुइँया पूजा गरेका हुन् । भुइँया पूजा गर्न मोरङदेखि पर्सासम्म र भारतको विभिन्न राज्यबाट मुसहरहरु सहभागी भएका छन् । सोकनाहकी स्थानीय पारोदेवी माझीको अध्यक्षता एवं प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलको प्रमुख आतिथ्यतामा भुइँया पूजा गरिएको मुसहर समुदायका अगुवा युवा पाँचु माझीले जानकारी दिए ।

कार्यक्रममा एसियामा मुसहर समुदायबाट विद्याबारिधी गर्ने भारतका प्रदेश सभा सदस्य डा. सन्तोष सुमन, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटा लगायत उपस्थित भई मन्तव्य राखे । कार्यक्रममा मुसहर समुदायको विकास र उत्थानमा सहयोग पु¥याउने व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।