सर्लाहीमा पनि भूकम्प सुरक्षा दिवस मनाइयो

152

मलंगवा – २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस बिहिवार सर्लाहीमा पनि मनाइएको छ ।

दिवसका अवसरमा बिहिवार बिहान सदरमुकाम मलंगवामा जिल्ला प्रशासन कार्यालय र मलंगवा नगरपालिकाको आयोजनामा प्रभातफेरी निकाली अन्तक्र्रिया कार्यक्रम गरिएको छ । यस्तै ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा ग्रामीण नारी उत्थान संघ हरिपुरले गठन गरेको संघर्ष बाल क्लबले बिहिवार भूकम्पिय सुरक्षा सम्वन्धी चेतनामूलक डेमो प्रदर्शन गरेको सामाजिक परिचालिका विन्दा लुंगेलीले जानकारी दिईन् ।

भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालेको थियो ।