रेडक्रस सर्लाहीको अध्यक्षमा पुनः चौधरी

602
शुक्रवार सदरमुकाम मलंगवामा सम्पन्न रेडक्रस सर्लाहीको ३९ औँ जिल्ला सभाका अतिथिहरु ।

मलंगवा, माघ ३ – नेपाल रेडक्रस सोसाइटी शाखा सर्लाहीको नयाँ नेतृत्व चयन भएको छ ।

शुक्रवार सदरमुकाम मलंगवामा सम्पन्न रेडक्रसको ३९ औँ जिल्ला सभाले पुनः नागेन्द्र कुमार चौधरी सभापति रहने गरी १७ सदस्यीय कार्य समिति चयन गरेको हो । चौधरी यसअघि पनि रेडक्रस सर्लाहीको सभापति थिए । रेडक्रसको नयाँ कार्यसमितिको उपसभापतिद्वयमा हरिशंकर प्रसाद साह (इश्वर) र भवानी कोइराला, मन्त्रीमा शशी भुषण प्रसाद सिंह (राजन), कोषाध्यक्षमा शम्भुनारायण प्रसाद कुशवाहा, उप–मन्त्रीमा विनोद कार्की, उप–कोषाध्यक्षमा श्याम कार्की चयन भएका छन् ।

यस्तै महिला आरक्षण सदस्यमा रमा चालिसे, चुनुदेवी चौधरी र सरिता देवी चयन भएकी छिन् । त्यसैगरी खुल्ला सदस्यमा उमेश मिश्रा, उत्तमराज शर्मा, विश्वनाथ ठाकुर, सत्यनारायण राय, अजयकुमार राय यादव, शेख सहदुल्ला र गंगाधर मैनाली छन् । नेतृत्व चयन हुनुपूर्व रेडक्रसको प्रदेश २ का अध्यक्ष फुल महम्मद मियाँको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । कार्यक्रममा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रमोद साह, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, उपप्रमुख शान्ति शबनम मिकरानी, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी लगायतले मन्तव्य राखेका थिए ।