लालबन्दीमा ओठ तथा तालु फाटेका २० जना भेटिए

680
लालबन्दीमा शिविर समापनपछि सामूहिक तस्बिर खिचाउँदै स्वास्थ्यकर्मीहरु । (तस्बिर ः उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाभित्र ओठ तथा तालु फाटेका २० जना बिरामी फेला परेका छन् ।
बी एण्ड बी अस्पताल र स्माईल ट्रेन ग्वार्को, ललितपुरले आयोजना गरेको निःशुल्क शिविरमा सो संख्यामा बिरामी फेला परेका हुन् । लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्र, पत्थरकोट, नेत्रगञ्ज र परवानीपुर स्वास्थ्य चौकीमा शिविर सम्पन्न गरिएको शिविर संयोजक नरेश नायकले जानकारी दिए ।

उनका अनुसार २० मध्ये पाँच जना बिरामी शल्यक्रियाका लागि काठमाडौं जान तयार भएका छन् । उनीहरुलाई ओठ तथा तालु फाटेको निःशुल्क शल्यक्रिया गरिने नायकले बताए ।