मलंगवा – सर्लाहीको मलंगवा नगरपालिकाको पाँचौं नगर सभा मंगलवारबाट प्रारम्भ भएको छ ।
नगर सभाको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले उद्घाटन गरेका हुन् । नगर सभाको बन्द सत्र भोली बिहिवारबाट सुरु हुने नगरप्रमुख निरसल साहले जानकारी दिए । बन्द सत्रमा नगरपालिकाको विभिन्न नीति निर्माण तथा संशोधन, विभिन्न योजनाका बजेट थपघट लगायतका विषयमा छलफल हुने नगरपालिकाले जनाएको छ । सदरमुकाम समेत रहेको मलंगवा नगरपालिकाले यस वर्ष सडक विस्तार तथा कालोपत्रे, सडक ढलान, सिँचाई सुविधा विस्तार लगायतका योजनालाई प्राथमिकता दिएर काम गरिरहेको नगरप्रमुख साहले बताए । चरम राजनीतिक किचलो रहेको जिल्लाको दक्षिण–पूवी भेगमा पर्ने हरिपूर्वा नगरपालिकामा पनि मंगलवारबाट नै पाँचौं नगर सभा सुरु भएको छ ।