जानकी माविबाट शिक्षकको बिदाई

469

लालबन्दी – नायब सुब्बामा नाम निकालेपछि सर्लाहीको लालबन्दीस्थित जानकी माध्यमिक विद्यालयका शिक्षक भरत महतोलाई मंगलवार बिदाई गरिएको छ ।

लालबन्दी नगरपालिका–७, का वडाध्यक्ष सुरेन्द्र न्यौपाने, विद्यालयका प्रधानाध्यापक मीनकुमार पौडेल, अन्य शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थितिमा मायाको चिनो प्रदान गरी फूलमाला र अबिर पहि¥याएर शिक्षक महतोलाई बिदाई गरिएको हो । जानकी माविमा पाँच वर्ष अध्यापन गराएका शिक्षक महतो नायब सुब्बाको रुपमा बाराको नरैनापुर गाउँपालिकामा खटिएका छन् ।