ग्याँस सिलिण्डर लिक हुँदा आगलागी

362
प्रतिकात्मक तस्बिर

हिरापुर – मंगलबार राती सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत दियर टोला स्थित एक घरमा ग्याँस सिलिण्डरबाट ग्याँस लिक भई आगलागि भएको छ ।

बरहथवा नगरपालिका–११, दियर टोला निवासी चन्दिरक पासवानको घरमा पानी तताउने क्रममा ग्याँस बाल्दा सिलिण्डरबाट लिक भई राती पौने ९ बजे आगलागी भएको हो । फुस्को घरमा लागेको आगो तत्काल नियन्त्रणमा लिईएको हुँदा मानबिय तथा चौपाय क्षेति नभएको प्रहरीले जनाएको छ ।

घरको छानोमा झुण्डाइएको झोलामा रहेको लत्ता कपडा, ५ थान नागरिकता प्रमाणपत्र लगायतमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीयबासीको सहयोगमा सुरक्षाकर्मीले तत्काल अर्थात राती ९ बजे नै नियन्त्रणमा लिईएको आगलागीबाट ३५ हजार रुपैंया बराबर क्षति पुगेको बताईएको छ ।