सर्लाहीको सहकार्य लघुवित्त र भैरहवाको उन्नति माइक्रो फाइनान्स मर्ज

1244

सर्लाहीको हरिवनमा केन्द्रिय कार्यालय रहेको सहकार्य लघुवित्त वित्तीय संस्था र रुपन्देहीको भैरहवामा रहेको उन्नति माइक्रो फाइनान्स मर्ज हुने भएका छन् ।

सहकारी लघुवित्त वित्तीय संस्थाको मंगलवार सम्पन्न दोस्रो वार्षिक साधारण सभाले उन्नति माइक्रो फाइनान्ससँग मर्ज हुने निर्णय पारित गरेको हो । एक महिनाभित्रै मर्ज भएका दुई संस्थाको एकीकृत कारोवार सुरु गरिने सहकार्य लघुवित्त वित्तीय संस्थाका सञ्चालक सुदर्शन पोखरेलले जानकारी दिए । उनका अनुसार एकीकरणपछि प्रदेश स्तरको यो संस्था अब राष्ट्रिय स्तरको हुने छ ।

पोखरेलले सहकार्य लघुवित्त वित्तीय संस्थाको हालसम्म १० जिल्लामा १३ वटा शाखा सञ्चालनमा रहेका बताए । मर्जपछि संस्थाको नाम उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था राख्ने निर्णय पनि भइसकेको छ ।