नारायण उप्रेतीको स्मृतिमा निर्मित चौतारोको उद्घाटन

362
हरिवन नगरपालिका–९, डुम्रीघारीमा निर्मित चौतारोको उद्घाटन गरिँदै । (तस्बिर : उज्यालो अभियान)

बयलवास – सर्लाहीको हरिवनका तत्कालिन गाविस अध्यक्ष स्वर्गिय नारायण उपे्रतीको स्मृतिमा निर्मित चौतारोको सोमवार बिहान उद्घाटन गरिएको छ ।

हरिवन नगरपालिका–९, डुम्रीघारीमा निर्माण गरिएको चौतारोको वडाध्यक्ष सीताराम पोखरेलको अध्यक्षता एवं प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती र हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सोमवार नै डुम्रीघारीमा नै झण्डै १० कठ्ठा जग्गामा निर्माण हुन लागेको नारायण उप्रेती स्मृति पार्कको शिलान्यास गरिएको छ ।

सोही अवसरमा स्मृति पार्क क्षेत्रमा वृक्षारोपण समेत गरिएको नेपाल कम्युनिष्ट पार्टीका नेता चुडामणि वाग्लेले जानकारी दिए । २०४६ सालको जनआन्दोलनका योद्धा उप्रेतीको आन्दोलनकै दौरानमा प्रहरी यातनाका कारण २०४९ साल पुस २९ गते निधन भएको थियो । उपे्रतीको सम्झनामा आज (वुधवार) हरिवन नगरपालिका कार्यालय प्रांगणमा स्मृत्ति प्रतिष्ठानको आयोजनामा भव्य कार्यक्रम हुँदैछ ।