हरिवनमा महिलाको पाठेघर परीक्षण शिविर

आईतबार बागमती नगरपालिकाद्वारा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा जँचाउन आएका महिलाहरु । (फाईल तस्बिर)

हरिवन – हरिवनमा सोमबार महिलाहरुको पाठेघर परीक्षण शिविर सम्पन्न भएको छ ।

हरिवन नगरपालिका–८, प्रसुती सदनका भवन स्थित स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा ५५ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएका छन् । बागमती सेवा समाज नेपाल हरिवनको आयोजना तथा आड्रा नेपालको सहयोगमा हरिवन नगरपालिका कार्यालयको साझेदारीमा शिविर भएको बागमती सेवा समाजकी बिन्दा गदालले जानकारी दिईन् ।

गदालका अनुसार शिविरमा परीक्षण गराउन आएका महिला मध्ये एकजनालाई पाठेघरको शल्यक्रिया गराउन बाहिर पठाउनु पर्ने भएको छ भने दुईजना महिलाको पाठेघरमा शिविर स्थलमै रिङ हालिएको छ । त्यस्तै ११ जना महिलाको पाठेघरमा प्रथम चरणको समस्या देखिएकाले उनीहरुलाई शारिरिक अभ्यास गर्न सिकाउनुका साथै भारी काम नगर्न, टुक्रुक्क बसेर कुनैपनि काम नगर्न लगायत सल्लाह सुझाव समेत दिईएको गदालले जानकारी दिईन् ।