बसले ट्रकलाई ठक्कर दियो, दुईजना घाईते

396

लालबन्दी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दीमा गए (आईतबार)राती यात्रुबसले ट्रकलाई ठक्कर दिएको छ । दुर्घटनामा परी दुईजना घाईते भएका छन् ।

लालबन्दी नगरपालिका–९, बस्तीपुर स्थित पुर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना. ५ ख ८७७९ नम्बरको ट्रकलाई पछाडीबाट आउँदै गरेको ग. १ ख ७५१४ नम्बरको बसले राती साँढे ८ बजे ठक्कर दिँदा बसको अगाडीको भाग पुर्णरुपमा क्षति भई बसमा सवार २ जना घाईते भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । नाम थर वतन खुल्न नसकेका घाईतेहरुको लालबन्दी स्थित टेक्सास अस्पतालमा उपचार भईरहेको तथा ट्रक, बस र दुबै चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनायो ।