ईश्वरपुरमा घेदुङको नगर समिति गठन

226
नगर अधिवेशन समापनपछि सामूहिक तस्बिर खिचाउँदै घेदुङका पदाधिकारी । ( तस्बिर सौजन्य : उदय पाख्रिन)

ईश्वरपुर – सर्लाहीको ईश्वरपुरमा नेपाल तामाङ घेदुङको नगर समिति चयन गरिएको छ ।

आइतवार फूलजोर वौद्ध गुम्बामा सम्पन्न भेलाले कृष्णा गोले (लामा) अध्यक्ष रहने गरी घेदुङको १२ सदस्यीय नगर समिति चयन गरिएको हो । समितिमा सुनिता मोक्तान उपाध्यक्ष, मिर्चमान बल सचिव, अर्जुन गोले कोषाध्यक्ष, हुमाकुमारी बोम्जन, जनकलाल स्याङबा, सुरेन्द्र गोले, मोहितलाल योञ्जन, तिलक लामा, टेकमान लामा, छत्रबहादुर डुम्जन र ईन्द्रबहादुर पाख्रिन सदस्य रहेका छन् । जनकलाल स्याङबाको अध्यक्षतामा आयोजित अधिवेशनमा घेदुङका केन्द्रीय सदस्य अर्जुन योञ्जन प्रमुख अतिथि थिए । रुपक थिङले सञ्चालन गरेको कार्यक्रममा पूर्व राज्यमन्त्री

शम्भुलाल श्रेष्ठ, नेपाली काँगे्रसका क्षेत्रीय सभापति प्रमोद बराल, नेकपा कम्युनिष्ट पार्टीका नगर सचिव मेनकुमार गौतम लगायतको आतिथ्यता रहेको सहभागी उदय पाख्रिनले जानकारी दिए ।