
नवलपुर – ईलाका प्रहरी कार्यालयले एकजनालाई आधा किलो गाँजा सहित पक्राउ गरिएको जनाएको छ ।
प्रहरीका अनुसार कबिलासी नगरपालिका–२ निवासी ४० वर्षीय उमर माझिलाई गाँजा सहित पक्राउ गरिएको हो । आईतबार दिउँसो लालबन्दी नगरपालिका–१, लखन्देही खोला नजिकै हिँडिरहेका माझीलाई प्रहरी गस्ती टोलीले शंका लागी चेक जाँच गर्ने क्रममा ज्याकेटको गोजीबाट लागु औषधको रुपमा प्रयोग हुने गाँजा फेला परेको प्रहरीको दाबी छ ।