सवारी दुर्घटनामा दुईजना गम्भिर घाईते

314

मलंगवा – सर्लाहीको बरहथवा र ईश्वरपुरमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा परी दुईजना गम्भीर घाईते भएका छन् ।

बरहथवा नगरपालिका–१२, पुरैनियाँमा बरहथवाबाट हीरापुरतर्फ गइरहेको ज. १ त ७०१० नम्वरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा धनकौल गाउँपालिका–४, का १७ वर्षीय दीपेश यादव घाईते भएका छन् । प्रहरीका अनुसार दीपेशले नै ट्याक्टर चलाएका थिए । घाईते उनको बरहथवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै ईश्वरपुर नगरपालिका–११, करमुहानमा मोटरसाइकलको ठक्करबाट एक बालक घाईते भएका छन् । बेला गाउँबाट बयलवासतर्फ आउँदै गरेको ज. ८ प ५७५ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा घाईते स्थानीय राजकिशोर साहका ९ वर्षीय छोरा अभिशेक साहको बयलवासमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।