बागमतीमा सामुदायिक अंक पत्रमा सुधार

541

बागमती–सहज परियोजनाले तयार गरेको सामुदायिक अंक पत्रमा क्रमिक रुपमा सुधार भएको पाईएको छ ।

सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ११ र १२ मा सञ्चालीत कार्यक्रमका कारण परियोजनाले तयार गरेको १० सुचक विवरणको अंक पत्रमा सुधार भएको पाईएको हो । बागमती नगरपालिका कार्यलयको सभाहलमा आयोजित कार्यक्रम मार्फत सामाजिक अंक पत्रमा विगतमा भन्दा क्रमिक सुधार भएको बताईएको हो । यस वडामा प्रहरीले समुदाय प्रति गर्ने ब्यवहार, लैंगिक हिंसाको घटनामा न्यायिक समितिको सम्बोधनमा प्रभावकारीता लगाएतमा सुचक बढेको पाईएको छ ।

कार्यक्रममा सहभागी दुई वटा वडाका समाजसेवी बुद्धिजिवि तथा अगुवाहरुको अन्तरकृया मार्फत सो वडामा लैंगिक विभेद, महिला हिंसा तथा न्यायमा पहुचको अवस्थाको विषयमा बृहत छलफल भएको आयोजक संस्थाकी सामाजिक परिचालक रंजना गदालले बताईन् । कार्यक्रमका अधिकांश सहभागीहरुले समाजमा अझै बिधमान, सामाजिक मान्यतामा आधारित लैंगिक बिभेद, कुरिती तथा कुसंस्कार बिरुद्ध लाग्नुपर्नेमा जोडदिए ।

संस्थाले तयार गरेको सामाजिक अंक पत्रको सुचकमा सामाजिक न्यायमा पहुच, लैंगिक हिंसाका घटनामा प्रहरीको सम्बोधनको प्रभावकारीता, नागरिक र प्रहरी विचको सम्बन्ध तथा संञ्चार, समाजमा बिध्मान मान्यतामा आधारीत बिभेदको बारेमा जानकारी र त्यस्को बिरुद्धमा समाजको पहल कदमी लगाएतको सुचक विवरण उल्लेख गरिएको कार्यक्रम अधिकृत निरमा चौधरीले बताईन ।

यसैविच कार्यक्रम संचालन भएका वडामा समाजमा घटेका कुनै पनि घटनाका बिरुद्ध उजुरी तथा अनुसन्धानमा समुदायको उत्सुकता बृद्धिकोलागी पहल गर्नु पर्ने आवश्यक्ता औल्याईएको छ । यस्तै समाजमा घटेका कुनै पनि घटनाको बिरुद्धमा आत्मा विश्वासका साथ उजुरी गर्ने बातावरण निर्माण गर्नु पर्ने र समाजमा रहेका मान्यता र भनाई तथा सभ्यताको रुपमा रहेका बिभेद चिर्नुपर्नेमा समेत जोड दिईएको थियो ।

कार्यक्रममा सहभागी सामाजीक अगुवा प्रहरी र स्थानीयको सहभागीतामा परियोजनाले के गर्न सक्छ ? भन्नेबरेमा समेत छलफल भएको परियोजनाका बरिष्ठ कार्यक्रम अधिकृत महेन्द्र महतोले बताए । युके एडको आर्थिक सहयोग तथा भिएसो नेपाल ईन्टरनेश्नल अलर्टको साझेदारीमा समुदाय प्रहरी साझेदारी समितिको सहकार्यमा समग्र जनउत्थान केन्द्रले यस बागमती नगरपालिका ११ र १२ मा सहज परियोजना कार्यक्रम संचालन गर्दै आएको छ ।