एकादशी समूहले गरायो वृद्धवृद्धालाई भोजन

164
आश्रमका वृद्धवृद्धालाई भोजन गराउँदै एकादशी समूह कर्मैयाका सदस्यहरु । (तस्बिर : उज्यालो अभियान)

नवलपुर – सर्लाहीको कर्मैयामा रहेको एकादशी समूहले शनिवार बिहान पद्म भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीका वृद्धबृद्धालाई भोजन गराएको छ ।

समूहका सदस्यहरुले आश्रममा आई त्यहाँ आश्रीत बुवा आमालाई भजन सुनाई भोजन गराएका आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् । आफ्ना सदस्यहरुको घरमा भजनकिर्तन गरेर उठेको पैसा एकादशी समूहले सामाजिक काममा खर्च गर्दै आएको छ । भजन किर्तनमा उठेको रकम अपाङ तथा असहाय, रोगी र विभिन्न प्रकोपबाट पीडित भएकाहरुको हितमा खर्च गर्दै आएको समूहका उपाध्यक्ष दीपककुमार रानाभाटले बताए ।