होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले आज नेतृत्व चुन्ने

369

हरिवन – होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीको नेतृत्व चयन गर्न आज (शनिबार) चौथो जिल्ला अधिवेशन हुँदैछ ।

हरिवन स्थित सम्राट होटलको पार्टी प्यालेसमा दिउँसोबाट हुने अधिवेशनले तीन वर्षे कार्यकालका लागि जिल्ला नेतृत्व चयन गर्ने भएको हो । अध्यक्षका लागि वर्तमान अध्यक्ष हिराकाजी योञ्जन, कुसुम पार्टी प्यालेस मलंगवाका सञ्चालक नागेन्द्र कुमार चौधरी, जानकी फैमिली होटल मलंगवाका सञ्चालक राजेश साह लगायतले चाहना राखेको होटल तथा पर्यटन व्यवसायी संघ स्रोतले जनाएको छ ।

यद्यपी वर्तमान अध्यक्ष योञ्जनलाई नै पुनः अर्को कार्यकालको लागि नेतृत्व दिने सहमति भएको एक होटल व्यवसायीले बताए । एक व्यवसायीका अनुसार लालबन्दी स्थित न्यू थकाली होटलका सञ्चालक योञ्जनलाई अध्यक्ष तथा मलंगवालाई महासचिव एवं नवलपुरलाई कोषाध्यक्ष लगायत पद बाँडफाँड हुने सम्भावना रहेको छ ।

दिउँसो उद्घाटन समारोह सम्पन्न भएपश्चात बन्दशत्र सूरु हुने र साँझसम्म सर्वसम्मतिबाट नयाँ नेतृत्व चयनको लागि प्रयास हुने बताईएको छ ।