हरिवन निवासी कार्की चलचित्र संघको केन्द्रीय सदस्यमा चयन

1938
चलचित्र संघको केन्द्रीय सदस्यमा निर्वाचित निरोज कार्की ।

हरिवन – नेपाली कांग्रेसका युवा नेता एवं हरिवन सिनेमा घरका सञ्चालक निरोज कार्की नेपाल चलचित्र संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

शुक्रबार राती काठमाडौंमा सम्पन्न ४६ औं अधिवेशनबाट कार्की चलचित्र संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । अधिवेशनले मधुसुदन श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको नवनिर्वाचित केन्द्रीय सदस्य कार्कीले जानकारी दिए । ‘यो संस्था चलचित्र क्षेत्रको छाता संगठन हो’, उज्यालो अभियानसँग कार्कीले टेलिफोनमा भने, ‘अब चलचित्र क्षेत्रको प्रवद्धनमा लागि पर्नेछु ।’

कार्कीका अनुसार चलचित्र निर्माता, वितरक र प्रदर्शकहरुको छाता संगठन चलचित्र संघले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । शुक्रबार राती नै नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले सपथ ग्रहण समेत गरिसकेका छन् ।