मलंगवामा ‘बेटी पढाउ बेटी बचाउ’

530
कार्यक्रममा बोल्दै प्रदेश दुई सरकारका मुख्य सचिव शंकर सुवेदी । (तस्बिर : अच्युत कुमार सापकोटा/उज्यालो अभियान)

अच्युत कुमार सापकोटा/मलंगवा, पुस २५ – सर्लाही सदरमुकाम मलंगवामा शुक्रबार प्रदेश दुई सरकारले अघि सारेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत एक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा समितिका संयोजक मेथुर चौधरीको अध्यक्षता रहेको कार्यक्रम प्रदेश दुईको मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव शंकर सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रदेश दुई सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी सहित जिल्ला भरका २० वटै स्थानीय तहबाट मेयर÷अध्यक्ष एवं उपमेयर÷उपाध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

प्रदेश दुईमा छोरा र छोरीबीच कायम खाडल पुर्नका लागि प्रदेश सरकारले ‘‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालनमा ल्याएको उल्लेख गर्दै मुख्य सचिव सुवेदीले २०७५ माघ १ गते पछि जन्मिएका बालबालिकाको जन्मदर्ता बिमा गर्न समेत आग्रह गरे । बिमा गरेका बालबालिकाका अभिभावकले २० वर्षपछि एकलाख २० हजार रुपैंया पाउने कार्यक्रममा बताईएको थियो ।