तीन सय जनाको निःशुल्क आँखा परीक्षण

527

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१४, श्रीनगरमा आयोजित निःशुल्क आँखा शिविरमा बिहिवार ३०५ जनाको आँखा परीक्षण गरिएको छ ।

तीमध्ये मोतिया बिन्दुको संक्रमण भेटिएका ४२ जनाको शल्यक्रिया गरिएको स्थानीय सञ्चारकर्मी ढुण्डीराज पोखरेलले जनाएका छन् । काठमाण्डौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालको आयोजना तथा श्रीनगरमा रहेको जय माँ महारानी बचत तथा ऋण सहकारी संस्थाको सह–आयोजनामा जनता माध्यमिक विद्यालयको प्रागंणमा आँखा शिविर राखिएको हो । शिविर बिहिवार नै सक्ने तयारी गरेपनि केही मोतिया बिन्दुका बिरामीको शल्यक्रिया गर्न नभ्याइएकाले सुक्रवार बिहान बाँकी सबैको शल्यक्रिया सकेर समापन गरिने आयोजकले जनाएको छ । तीन दिनसम्म चलेको शिविरमा स्थानीय वासिन्दाले आँखाको निःशुल्क औषधोपचार र मोतिया बिन्दुको शल्यक्रिया गरेर फाइदा लिएका छन् ।