हेल्थ असिस्टेन्ट समिति गठन

516
लालबन्दीमा हेल्थ असिस्टेन्टहरुको नगर समिति गठनपछि सामूहिक तस्बिर खिचाइँदै । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दीमा हेल्थ असिस्टेन्टहरुको संगठन हानको नगर समिति चयन गरिएको छ ।

वुधवार स्वास्थ्य चौकी जब्दीमा भएको नगरभित्रका हेल्थ असिस्टेन्टहरुको भेलाले स्वास्थ्य चौकी जब्दीकै इन्चार्ज देवकुमार महतो अध्यक्षतामा समिति चयन गरेको हो । समितिमा १७ जना हेल्थ असिस्टेन्टहरु आवद्ध छन् । नवगठित समितिले हेल्थ असिस्टेन्टहरु हक हितको पक्षमा काम गर्ने अध्यक्ष देवकुमार महतोले बताए ।

यसैबीच लालबन्दीकै अर्को खबरमा आगलागीबाट घर जलेपछि बिचल्लीमा परेको लालबन्दी नगरपालिका–६, का एक परिवारलाई वुधवार राहत प्रदान गरिएको छ । वुधवार बिहान मात्रै आगलागीबाट घर जलेर नष्ट भएको रामदेव साहको परिवारलाई दिउँसो नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले राहत प्रदान गरेको हो । पीडित परिवारलाई त्रिपाल, कम्बल, कपडा, भाँडा लगायतका सामाग्री प्रदान गरिएको रेडक्रसका उपशाखा सभापति धु्रवप्रसाद घिमिरेले जानकारी दिए । साहको घरमा वुधवार बिहान विद्युत् सर्ट भएर आगलागी भएको थियो । आगोले साहको घरसहित घरभित्र रहेका सरसामान जलेर नष्ट भएको स्थानीय वासिन्दाले बताएका छन् ।