रेडक्रस हरिपुरको ९ औँ साधारण सभा सम्पन्न

238
रेडक्रस हरिपुरको ९ औँ साधारण सभाका अतिथिहरु । (तस्बिर : प्रकाश मैनाली/उज्यालो)

हरिपुर – सर्लाहीको हरिपुरमा वुधवार नेपाल रेडक्रस सोसाइटी उपशाखाको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उपशाखा सभापति चन्द्रिका साहको अध्यक्षता एवं सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रमोद साहको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन सत्रमा प्रदेश सभा सदस्य बेची लुंगेली, हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका देवी काफ्ले, रेडक्रसका जिल्ला सभापति नागेन्द्र प्रसाद चौधरी लगायतको आतिथ्यता थियो । रेडक्रसका उपशाखा सचिव खिलनाथ ढुंगेलले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष रामऔतार चौधरीले आयव्यय प्रस्तुत गरेका थिए । सभाले उपशाखाको कार्य समितिलाई थप दुई वर्ष यथावत राख्ने निर्णय समेत गरेको छ ।