करेन्ट लागेर हरिवनमा एक मजदुर गम्भीर घाईते

696


सर्लाहीको हरिवनमा मंगलवार दिउँसो घर निर्माणको काम गर्दै गर्दा करेन्ट लागेर एक मजदुर गम्भीर घाईते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित हरिवन नगरपालिका–११, मा घर निर्माणको काम गर्दै गर्दा ठेक्का र मजदुरी दुवै काम गर्ने सोही ठाउँका ३५ वर्षीय कान्छो विक घाईते भएका हुन् । करेन्ट लागेर विकको हात र खुट्टाको केही भाग जलेको हरिवन प्रहरीले जनाएको छ । विकलाई स्वाभिमान अस्पताल हरिवनमा सामान्य उपचार गरी वीरगञ्ज रेफर गरिएको छ ।