सर्लाही महोत्सवमा आज गायक कर्णराज गिरीले ‘तताउने’

2243
गायक कर्णराज गिरी ।

राजघाट – स्थानीय कृषि तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले सर्लाहीको राजघाटमा आयोजना गरिएको सर्लाही महोत्सवमा आज (आईतबार) साँझ गायक कर्णराज गिरीले प्रस्तुती दिदैछन् ।

सर्लाहीकै हजरिया निवासी चर्चित पप एवं आधुनिक गायक गिरीले महोत्सवमा झण्डै एक दर्जन बढी गीतहरु गाउने आयोजकले जनाएको छ । गिरीका भाईरल भयो रे………, जिन्दगी खास भयो ……. लगायत एक दर्जन बढी गीतहरु चर्चित छन् । त्यस्तै काठमाडौंबाट आउने लेडिज मोडलहरुले पनि आज (आईतबार) साँझ डान्स लगायत विभिन्न प्रस्तुतीको कार्यक्रम रहेको आयोजकले बताएका छन् । गायक गिरी एवं मोडलहरुको प्रस्तुतीले चिसो मौसममा बुरुक बुरुक नचाएर दर्शकलाई तताउने आयोजकले विश्वास लिएका छन् ।

त्यस्तै महोत्सव आयोजकले राखेको सर्लाही डान्स आईडलको प्रतिष्पर्धा समेत आज दिउँसैबाट सूरु भएको आयोजक समितिका निशान थापा मगरले जानकारी दिए । मगरका अनुसार प्रतियोतिामा प्रथम हुनेलाई नगद २५ हजार रुपैंया सहित सर्लाही डान्स स्टार घोषणा गरिने र द्वितिय र तृत्तिय हुनेलाई क्रमशः नगद १५ र १० हजार रुपैंया सहित शिल्ड र प्रमाणपत्र उपलब्ध गराईने छ ।

शुक्रबारदेखि सूरु भएको महोत्सवमा लै बरी सिंगीङ स्टार तेस्रो संस्करणका विजेता सर्लाही राजघाट निवासी सुजन लोहनीले हिजो (शनिबार) देखि विभिन्न गीतहरु गायर दर्शकलाई मनोरञ्जन दिईरहेको आयोजक समितिका निशान थापा मगरले जानकारी दिए । लोहनीले आज (आईतबार) पनि महोत्सवमा प्रस्तुती दिईरहेका छन् ।

बागमती नगरपालिका–५, राजघाटको रामपुरमा आयोजत महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, सर्कस, पिङ, झुला लगायत मनोरञ्जनात्मक साधनहरु लगायतको आकर्षण रहेको तथा स्थानीय कृषि उत्पादन, व्यापार लगायत स्टलहरु समेत राखिएको आयोजकले जनाएको छ । दुई दिनपछि हेलिकप्टरमार्फत सर्लाही जिल्लाको रमणीय स्थलहरुको निरीक्षण गराउनका लागि महोत्सवमा हेलिकप्टर ल्याईने आयोजक समितिका निशान थापा मगरले दाबी गरेका छन् ।