
नवलपुर – सर्लाहीको नवलपुरमा रहेको पद्म भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा आइतवार आर्थिक सहयोग प्राप्त भएको छ ।
लालबन्दी नगरपालिका वडा नं. ९ को कार्यालयले आश्रममा १० हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । वडाध्यक्ष गोपालप्रसाद घिमिरे, अन्य जनप्रतिनिधि र वडा सचिवले आइतवार बिहान आश्रममै पुगेर आश्रमका संरक्षक बासुदेव शरण कोइराला एवं अध्यक्ष भवानी कोइरालालाई रकम हस्तान्तरण गरे । लालबन्दी नगरपालिका वडा नं. ९ का जनप्रतिनिधिले शनिवार मात्रै वडाभित्रका ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर सम्मान गरेका थिए । यस्तै जुटपानी आश्रममा आश्रित वृद्धबृद्धालाई खाजा खुवाउन विराटनगर निवासी आलोक खतिवडा र उनकी श्रीमती प्रतिमा काफ्लेले एक कार्टुन बिस्कुट प्रदान गरेका छन् ।