
बागमती–सर्लाहीको बागमती स्थित बागमती युवा क्लवको अफिस भवन शिलन्यास गरिएको छ ।
आईतवार बिहान बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले क्लवको भवनको शिलन्यास गर्नु भएको हो । क्लवको खेलमैदानको पश्चिम तर्फको कुनामा निर्माण गर्न लागीएको उक्त भवनको निर्माण दु्रत गतीमा अगाडी बड्ने नगरप्रमुख थापाले जानकारी दिनुभयो ।
बागमती नगरपालिका–११ स्थित क्लवको सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा निर्माण हुने उक्त भवनको लागत फर्निसिङ सहित २२ लाख लागत अनुमान गरिएको क्लवका आर्थिक समिति संयोजक सागर मैनालीले जानकारी दिनुभयो । निर्माणाधिन भवनमा क्लवको एक अफिस रुम, एक स्टोर रुम, दुईवटा चेनजिङ रुम सहित ट्वाईलेट बाथरुम रहने क्लवमा अध्यक्ष किस्मत मैनालीले बताउनु भयो ।
बागमती नगरपालिकाको लगानी रहने भनव निर्माणमा स्थानीय बिभिन्न उद्योगी ब्यवसायीहरुकोे समेत सहयोग रहेने क्लवले जनाएको छ । ‘स्थानीय युवा उद्योगी ब्यवसायीले निर्माणकोलागी आवश्यक कच्चापदार्थ उपलब्द गराउने प्रतिबध्ता जनाउनु भएको छ’, अध्यक्ष मैनालीले भन्नुभयो । ‘खेलप्रेमी महानुभावहरुकै सहयोगमा हामी यस क्षेत्रबाट राष्ट्रिय खेलाडी उत्पादनको अभियानमा छौ’ ।
यसैविच बागमती युवा क्लवले बर्षेनी फुटवल कुम्भकोरुपमा आयोजना गर्दै आएको २ नम्बर प्रदेशकै गौरव राजर्षि जनक कप चौथो संस्करणको तयारी समेत सुरु भैसकेको क्लवले जनाएको छ । जनक कपको तयारी सुरुगरेको क्लवले बलियो प्रायोजक भने पाउन नसकेको गुनासो गरेको छ ।
क्लवले खेल प्रयोजनको लागी ईच्छुक प्रायोजकको लागी उद्योगी ब्यवसायीको खोजी गरिरहेको बताउदै खेलको प्रयोजनकोलागी आह्वान समेत गरेको छ । राजर्षि जनक कप २०७६ फागुण २२ गते देखी चैत १ गते सम्म गर्ने तयारी भैरहेको छ ।